
भारतको बिहार विधान सभाका ३ विधायक विवेकशील इन्सान पार्टी परित्याग गरी भारतीय जनता पार्टी (बीजेपी) प्रवेश गरेका छन् ।
सांसदले पार्टी परित्याग गरेपछि मन्त्री मुकेश सहनीलाई संकट निम्तिएको छ । उनी बिहार सरकारमा पशु एवं मत्स्य संशाधन मन्त्री छन् ।
बिहार चुनावमा बीजेपीसँग गठबन्धन गरेर ११ सिटमा चुनाव लडेको विवेकशीलले ४ सिट मात्रै जितेको थियो । जसमध्ये ३ विधायक बीजेपी प्रवेश गरेपछि उनी एक्लिएका छन् ।