१२ असार २०८३, शुक्रबार

पाकिस्तान : आफ्नो कुर्सी बचाउलान् इमरान खानले ?

चैत १०, २०७८
पाकिस्तान : आफ्नो कुर्सी बचाउलान् इमरान खानले ?

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वास प्रस्ताव ल्याइने भएपछि राजनीतिक गर्मी बढेको छ । 

सेनाका प्रियपात्र खानलाई अहिले सेनाले छाडिदिएको बताइन्छ । 

पाकिस्तानी संसद् नेसनल असेम्ब्लीमा शुक्रवार मतदान हुँदैछ । 

त्यसअघि इमरान खानले कुनै पनि हालतमा राजीनामा नदिने, बरू विपक्षीहरूलाई आश्चर्यमा पार्ने बताएका छन् ।

इस्लामाबादमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘भोटिङको एक दिनअघि म आफ्नो रहस्य खोल्छु । यो मेरो ट्रम्प कार्ड हो जसलाई मैले देखाएकै छैन ।’

नेसनल असेम्ब्लीमा विपक्षी दलहरूले शुक्रवार अविश्वास प्रस्ताव ल्याउँदैछन् । संसद्को नियमअनुसार, प्रस्ताव ल्याएको सात दिनभित्र मतदान गरिसक्नुपर्नेछ । 

इमरान खानको दल पीटीआईका केही सांसद विद्रोही बनेकाले उनलाई सकस परेको छ । उनले ती सांसदहरूलाई पार्टीबाट निकालेर मतदान गर्न नै नदिने सम्भावना रहेको पनि कतिपय विश्लेषक बताउँछन् । 

तर पाकिस्तानका सेनाप्रमुख कमर जावेद बाजवालाई खानसँग मोहभंग भएको बताइएको छ । बाजवाले नै खानलाई राजीनामा दिन भनेको पनि बताइन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्