×

NMB BANK
NIC ASIA

चन्द्रागिरिमा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा

चैत १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

Muktinath Bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बीमा बोर्डको उच्च प्राथमिकता प्राप्त कार्यक्रम कार्यान्वयन गर्ने चन्द्रागिरि काठमाडौं उपत्यकाभित्र दोस्रो नगरपालिका भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाल नगरपालिकाले १५ शय्याको थानकोट नगर अस्पताल, एक शहरी स्वास्थ्य केन्द्र तथा १० स्वास्थ्य चौकीमार्फत नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा  प्रदान गरिराखेका छ ।


Advertisment
Nabil box
Kumari

यी स्वास्थ्य संस्थामा सरकारको मापदण्ड अनुसारका प्रयोगशालाको पनि सुविधा छ । चन्द्रागिरि–४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न जर्मन विकास बैंक (केएफडब्लू) को १ अर्ब रुपैयाँ बराबरको आर्थिक एवं प्राविधिक सहयोगमा अत्याधुनिक अस्पताल निर्माण हुन लागेको छ । 

Vianet communication
Laxmi Bank

नगर प्रमुख घनश्याम गिरी र बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले संयुक्तरूपमा बुधवार आयोजित कार्यक्रममा चनपा–४ का ७४ वर्षीय ज्येष्ठ नागरिक तुइलाल नकर्मीलाई बीमा कार्ड वितरण गरी स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गरेका छन् ।

बिहीवारदेखि नगरका १५ वटै वडामा दर्ता सहयोगीले बीमा दर्ता गराउन शुरू गर्ने जनाइएको छ ।  
    
नगरपालिकाले बीमित लागि चन्द्रागिरि–४ स्थित थानकोट प्राथमिक अस्पतालमा सेवा लिन सक्ने जनाएको छ । बीमा आबद्ध भइसकेपछि १ लाख रुपैयाँसम्मको सेवा निःशुल्क प्राप्त गर्न सकिने छ । ती सेवामा आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग, निदानात्मक सेवा तथा तोकिएका औषधि निःशुल्क प्राप्त गर्न सकिने जनाइएको छ । 
    
यसका लागि ३ जनासम्मका परिवारले ३ हजार ५०० रुपैयाँ योगदान रकम तिर्नुपर्नेछ । अतिगरीब, एचआईभी संक्रमित, कुष्ठरोगी, फरक क्षमता भएका (अपाङ्गता) र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सो योगदान रकममा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ ।  

सो अवसरमा नगर प्रमुख गिरीले भने, ‘म बीमा कार्यक्रममा आबद्ध हुन सबै नगरवासीलाई आह्वान गर्दछु । यसले आधारभूत स्वास्थ्य सेवा पाउन सहयोग पुग्ने छ । नगरवासी उपचारका लागि अन्यत्र जानु नपर्ने गरी स्वास्थ्यका पूर्वाधार, जनशक्ति तथा उपकरण विकासमा नगरपालिकाले उच्च प्राथमिकता दिएको छ । नगरभित्रका सबै स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी सेवा प्रदान गरिराखेका छौं ।’

पछिल्लो समय कोरोना विरुद्धको खोप लगाउन नगरपालिकाले घरदैलो अभियान सञ्चालन गरी खोप कार्यक्रम  पनि सञ्चालन गरिराखेको छ ।  

नगरपालिकाले स्थानीय बजेटमार्फत १५ वटै वडामा स्वास्थ्य प्रवद्र्धन गर्न ४ लाख रुपैयाँ विनियोजन समेत गरेको छ । यस्तो बजेट विनियोजन गर्ने चन्द्रागिरि पहिलो भएको बताइएको छ ।

नगरपालिकाले स्वास्थ्य सेवामा लगानी वृद्धि गर्दै जाने नीति लिएको नगर प्रमुख गिरीले जानकारी दिए । उनले भने, ‘समृद्ध चन्द्रागिरि बनाउने मेरो अभियान जारी छ । यसका लागि मेरो कार्यकालमा पूर्वाधार, शिक्षा, स्वास्थ्यका क्षेत्रमा महत्त्वपूर्ण काम भए । केही सम्पन्न हुने चरणमा छन् ।’

समग्र स्वास्थ्यको सूचांकमा चन्द्रागिरिको अवस्था राम्रो भएको जनाइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x