
उत्तर कोरियाले बिहीवार पूर्वी सागरतर्फ लामो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।
दक्षिणको सरकारी समाचार संस्था योन्हापले दिएको खबरअनुसार, उत्तरले अग्लो कोणबाट क्षेप्यास्त्र प्रक्षेपण गरेको जोइन्ट चीफ्स अफ स्टाफले जनायो । यसको विस्तृत विवरण दिइएको छैन ।
चार दिनअघि मात्र उत्तरले पीत सागरमा मल्टीपल लोन्चरमार्फत चारवटा आर्टिलरी शटहरू प्रहार गरेको थियो ।
गत साता उत्तरले लामो दूरीको रकेट सिस्टमको असफल प्रक्षेपण गरेको थियो ।