०८ साउन २०८३, शुक्रबार

द कश्मीर फाइल्सले कमायो २०० करोड भारु, हल्लियो बलिउड

चैत १०, २०७८
द कश्मीर फाइल्सले कमायो २०० करोड भारु, हल्लियो बलिउड

सत्य घटनामा आधारित फिल्म द कश्मीर फाइल्सले बलिउडमा कीर्तिमान बनाएको छ । 

बुधवारसम्म फिल्मले २०० करोड भारु कमाइसकेको छ । 

विवेक अग्निहोत्रीको निर्देशनमा बनेको कुनै पनि फिल्मले यति धेरै कमाइ गरेको यो पहिलो घटना हो । 

कोरोना महामारीपछि २०० करोड भारु कमाउने यही फिल्म हो । यसले अक्षय कुमारको सूर्यवंशीलाई पनि पछाडि पारेको छ । 

जम्मा १४ करोड भारुमा बनेको फिल्मले २०० करोड भारु कमाउनु आफैंमा ठूलो उपलब्धि हो । 

यस फिल्मले प्रभास र पूजा हेगडेको राधे श्याम तथा अक्षय कुमारको बच्चन पाण्डेलाई पनि कडा टक्कर दिएको छ । ती दुवै फिल्म यो जति भयंकर चलेनन् । 

सन् १९९० को दशकमा कश्मीरी पण्डितहरूको नरसंहारको कथा यस फिल्मले बताउँछ । पीडित र साक्षीहरूको बयानका आधारमा फिल्मको कथा तयार पारिएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्