
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको नाममा कार्यकर्ताको मनोबल कमजोर बनाउने काम हुनसक्ने भन्दै नआत्तिन नेताहरुलाई आग्रह गरेका छन् ।
गठबन्धनको सामना गर्न एमाले एक्लै सक्षम रहेको उनले बताए ।
पार्टी केन्द्रीय कमिटीको बैठकलाई बिहीवार समापन गर्ने क्रममा ओलीले गठबन्धनका दल एक्ला एक्लै चुनावमा जान डराइरहेको बताएका हुन् ।
‘गठबन्धनको नाममा पार्टीको काम र कार्यकर्ताको मनोबल कमजोर बनाउने काम हुनसक्छन, आत्तिनु पर्दैन,’ ओलीको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘गठबन्धनसँग लड्न एमाले एक्लै सक्षम छ ।’
ओलीले स्थानीय तहमा बहुमत क्षेत्रमा जित्ने गरी तयारी थाल्न र फिल्डमा खटिन नेताहरूलाई निर्देशन दिएका छन् ।
एमाले केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनौटको मापदण्ड तयार गरेको प्रचार विभागमा उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।