१२ असार २०८३, शुक्रबार

नवनिर्वाचित मेयरको पहिलो निर्णयः निर्माण क्षेत्रका मजदुरको बीमा गरिने

कात्तिक २०, २०७४
नवनिर्वाचित मेयरको पहिलो निर्णयः निर्माण क्षेत्रका मजदुरको बीमा गरिने

इलाम, २४ असार– इलाम नगरपालिकाले नगर क्षेत्रका मजदुरको दुर्घटना बीमा गर्ने निर्णय गरेको छ ।

इलाम नगरपालिका प्रमुख महेश बस्नेतले आज पदभारग्रहण गर्दै निर्माण क्षेत्रमा कार्यरत मजदुरको दुर्घटना बीमा गर्ने निर्णय गरेका हुन् । नगर क्षेत्रमा कार्यरत मजदुरको बीमा गर्नु नगरपालिकाको पहिलो एजेन्डा भएको उनको भनाइ थियो ।

‘निर्माण क्षेत्रमा काम गर्न जोखिम भएकाले बीमा गर्न लागिएको हो,’ उनले भने । नगर प्रमुख बस्नेतले सुकुम्वासी र दलितको पहिचान गरेर आवासको व्यवस्था गरिने बताए । सुकुमवासी र दलितको तथ्याङ्क सङ्कलन गरिने छ । तथ्याङ्क सङ्कलनपछि कार्यविधि बनाएर आवास कार्यक्रम कार्यान्वयन गरिनेछ ।

नगरपालिकाले प्रसूति महिला र बच्चालाई पोषणयुक्त खानेकुरासहित आवश्यक सामग्री वितरण गर्ने निर्णय गरेको छ । प्रसूति महिलालाई घीउ, दाल, चिनी तथा बच्चालाई पोषणयुक्त पीठो, सुत्केरी महिलालाई सुतिको साडी र बच्चालाई चाहिने कपडा वितरण गर्ने निर्णय गरेको छ ।

नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई मुख्य निर्वाचन अधिकृत नवराज दाहालले पद तथा गोपनीयताको शपथ गराए । शपथलगत्तै उनीहरुले पदभारग्रहण गरेका थिए । पूर्वसभामुख तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रमुख आतिथ्यतामा शपथ तथा पदभारग्रहण कार्यक्रम गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्