०६ साउन २०८३, बुधबार

सकभर तालमेल नगराैं, गर्नै परे मतभारका आधारमा गराैं- कांग्रेस लुम्बिनी सभापति

सकभर तालमेल नगराैं, गर्नै परे मतभारका आधारमा गराैं- कांग्रेस लुम्बिनी सभापति

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्मर सिंह पुनले सकभर तालमेल गर्न नहुने र गरे पनि मतभारका आधारमा गर्नुपर्ने बताएका छन् । 

शुक्रवार सानेपामा भएको कांग्रेस बैठकमा उनले गठबन्धन गर्ने भए मतभारका आधारमा गर्नुपर्ने धारणा राखेका हुन् । 

‘तालमेल गर्ने हो भने पहिले पार्टीभित्रको एकतालाई बलियो बनाउनुपर्छ, गठबन्धन के का आधारमा गर्ने भन्ने तय हुनुपर्छ,’ सञ्चारकर्मीसँग उनले भने, ‘तालमेल गरे पनि मतभारका आधारमा गर्नुपर्छ भनेर मैले बैठकमा भनेँ ।’

मतभारका आधारमा नगए भारतमा कांग्रेस आईको हालतमा पुग्ने पनि उनको भनाइ छ । ‘कांग्रेस आईले भारतमा विभिन्न पार्टीसँग तालमेल गर्‍यो, आज हराएको छ,’ उनले भने, ‘मतभारका आधारमा गएनौं भने कांग्रेसले पराजय भोग्नुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्