
राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्मनिरपेक्षता वा हिन्दुराष्ट्र भन्नेबारे जनमत संग्रह गर्न आह्वान गरेका छन् ।
शुक्रवार राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको घोषणासभा मार्फत सबै राजनीतिक दलहरुलाई उनले यस्तो आह्वान गरेका हुन् ।
उनले यसबारे ट्वीटरमा एक ट्वीट गर्दै राष्ट्रिय सहमति कायम गरेर ‘धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दुराष्ट्र’ स्थापना गर्न आह्वान गरेका हुन् ।
उनले भनेका छन्, 'यसमा सहमति हुन सक्दैन भने ‘धर्मनिरपेक्षता’ वा ‘हिन्दुराष्ट्र’ भन्ने वारे राष्ट्रिय जनमत संग्रह गरौं।'
राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको घोषणासभा मार्फत सबै राजनीतिक दलहरुलाई मेरो आह्वान-
— Kamal Thapa (@KTnepal) March 25, 2022
राष्ट्रिय सहमति कायम गरेर ‘धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दुराष्ट्र’ स्थापना गरौं।सहमति हुन सक्दैन भने ‘धर्मनिरपेक्षता’ वा ‘हिन्दुराष्ट्र’ भन्ने वारे राष्ट्रिय जनमत संग्रह गरौं। pic.twitter.com/1CGXujFI60