०५ साउन २०८३, मंगलबार

कांग्रेसको अर्को बैठक आइतवार बस्ने, प्रवक्ताले भने- सभापतिले निर्णय लाद्ने भन्ने हुँदैन

कांग्रेसको अर्को बैठक आइतवार बस्ने, प्रवक्ताले भने- सभापतिले निर्णय लाद्ने भन्ने हुँदैन

सानेपामा शुक्रवारबाट शुरू भएको कांग्रेस केन्द्रीय समितिको बैठक आइतवार बस्ने गरेर स्थगित भएको छ ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन कांग्रेसको बैठक बसेको हो । अब आइतवार दिउँसो १ बजे बैठक बस्नेछ । 

शुक्रवारको बैठकमा २० केन्द्रीय प्रतिनिधि, सुदूरपश्चिमबाहेक ६ प्रदेशका सभापति, गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायतले धारणा राखेका थिए । 

बैठकपछि पार्टी प्रवक्ता प्रकाशशरण महतले प्रदेशका सभापतिले पार्टी अवस्थाबारे रिपोर्टिङ गरेको बताए ।

सो क्रममा कहीँ तालमेल गर्नुपर्ने र कतै एक्लै लड्नुपर्ने धारणा आएको उनको भनाइ छ । 

‘तालमेलबारे केन्द्रीय समितिबाट निर्णय हुन्छ,’ उनले भने, ‘सबै सदस्यहरूको धारणाअनुसार अगाडि बढ्ने हो, सभापतिले निर्णय लाद्ने भन्ने हुँदैन ।’ 

त्यो अफवाह मात्रै भएको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्