३२ असार २०८३, बिहीबार

विद्यालय भवन हस्तान्तरण, महेश बस्नेतले गरे उद्घाटन

विद्यालय भवन हस्तान्तरण, महेश बस्नेतले गरे उद्घाटन

मध्यपुरथिमि नगरपालिका–४ सुँगाटोलस्थित बालप्रेमी माध्यमिक विद्यालयको नवनिर्मित भवन विद्यालयलाई आज हस्तान्तरण गरिएको छ । विद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा दुई नयाँ भवनको नेकपा (एमाले)का पोलिट ब्यूूरो सदस्य महेश बस्नेतले उद्घाटन गरे । 

विसं २००७ मा स्थापना भएको यो विद्यालयले जिल्लाकै गौरबको रूपमा रहेको चर्चा गर्दै उनले नयाँ भवनमा अब विद्यार्थी ल्याउने चुनौति थपिएको बताए । 

    मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठले नगरपालिकाकै पुरानो विद्यालयले नयाँ जीवन पाएको चर्चा गरे । 

salt training

कमेन्ट गर्नुहोस्