३१ जेठ २०८३, आइतबार

कैद तोकिएका फरार व्यक्ति पक्राउपछि अदालतमा पेस

कैद तोकिएका फरार व्यक्ति पक्राउपछि अदालतमा पेस

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–८ का ६८ वर्षीय कृष्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । 

    जिल्ला अदालत काठमाडौँको गत फागुन २० गतेको फैसलाले उक्त मुद्दामा एक वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले बारा प्रहरीसँगको समन्वयमा सिमराबाट पक्राउ गरी काठमाडौँ ल्याइएको हो । 

    उच्च अदालत पाटनबाट २०७७ मङ्सिर २२ गतेको फैसलाले सोही मुद्दामा थापालाई रु एक करोड २५ लाख बिगोबापतको जरिवाना र सो को कानुनबमोजिम हुने ब्याजसमेतको बिगो दाखिला गर्नुपर्ने फैसला सुनाएको थियो । 

    उक्त जरिवाना नतिरी फरार रहेको घटनामा जिल्ला अदालत काठमाडौँले एक वर्ष कैदको फैसला सुनाएको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पठाइएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्