
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २३ राजनितिक दल दर्ता भएका छन् ।
राष्ट्रिय मान्यता प्राप्त ६ दलसहित सत्र दलले निर्वाचनका लागि विवरण बुझाएका हुन् ।
सबै दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।
दर्ता भएका दलबाहेक अन्य व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न चाहे स्वतन्त्ररूपमा चुनावमा उठ्न सक्नेछन् । राष्ट्रिय मान्यताप्राप्तबाहेक १७ वटा दललाई उनीहरूको विधानमा उल्लेख भएअनुरूपको चुनाव चिह्न प्रदान गरिने उनले बताए ।
निर्वाचनलाई मध्यनजर गर्दै १ हजार २०० मतपेटिका तयारी अवस्थामा राखिएको र ती मतटपेटिका ४३, ८० र ८५ लिटर क्षमताका छन् ।
चैत १३ गतेभित्र जिल्लाको अन्तिम मतदाता नामावली प्रकाशित गरिने कार्यालय प्रमुख ढकालले जानकारी दिए । निर्वाचनको लागि जिल्लामा १ हजार ६०० जनशक्ति आवश्यकता पर्ने बताइएको छ ।