१७ असार २०८३, बुधबार

बाँसबारीमा मदन भण्डारी आँखा अस्पताल सञ्चालन

बाँसबारीमा मदन भण्डारी आँखा अस्पताल सञ्चालन
प्रतिकात्मक तस्वीर

उदयपुरको बोक्से बाँसबारीमा निर्माण गरिएको मदन भण्डारी आँखा अस्पताल बिहीवारदेखि सञ्चालनमा आएको छ ।

नयाँ आँखा अस्पताल चलेपछि २ दिनमा २७ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भागवत राउतले बताए ।

समितिका उपाध्यक्ष कृष्ण भण्डारीले खोटाङ, उदयपुर, सिन्धुली सहितका बिरामी उपचारका लागि आउने क्रम जारी रहेको र हालसम्ममा २७० जनाले उपचारका लागि नाम दर्ता गराइसकेको बताए । २ वर्षअघि नै निर्माण सम्पन्न भएको भवनमा नयाँ आधुनिक प्रविधि तथा उपकरणको व्यवस्था गरिएपछि बिरामीको आँखाको शल्यक्रियासहितको सेवा अस्पतालबाट उपलब्ध गराउन शुरू गरिएको हो ।

भवन निर्माणका लागि त्रियुगा नगरपालिकाले १ बिघा जग्गा उपलब्ध गराएको समितिका सदस्य कुमार घिमिरे बताउँछन् ।

जापानको १ करोड र पूर्व शहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरी, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य सहितले ३ करोडभन्दा बढीको आर्थिक सहयोग गरेपछि भवन बनेको बताइएको छ ।    

२०७६ सालमा नै स्वास्थ्य मन्त्रालयको १ करोड सहयोगमा भारत तथा जर्मनबाट आँखा उपचारका लागि आवश्यक उपकरण तथा प्रविधि खरिद गरेर ल्याइएको र २ वर्षअघि नै अस्पताल सञ्चालन गर्ने योजना रहेको भए पनि कोभिड–१९ को कारण समस्या हुँदै आएको थियो । तत्कालका लागि आँखा अस्पताल सञ्चालन गर्न प्रदेश १ सरकार, त्रियुगा नगरपालिकासहित जिल्लाका ९ पालिकाले आर्थिक सहयोग गर्ने सम्झौता भएको समितिका सदस्य महेश्वरी राईले बताए ।

salt training

कमेन्ट गर्नुहोस्