
दीपेन्द्रसिंह ऐरीले पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् ।
शनिवार टीयू क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको क्रिकेटमा उनले १३६ बलमा ६ चौका प्रहार गर्दै शतक पूरा गरेका हुन् ।
यो सँगै ऐरी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् ।
शुक्रवार रोहित पौडेलले पनि पीएनजीविरुद्ध नै शतक प्रहार गरेका थिए ।
यसअघि नेपालका लागि पारस खड्काले पनि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका थिए ।