१० साउन २०८३, आइतबार

सबै पालिकाबाट केपी पार्टी र उनको प्रवृत्तिलाई धुलो चटाउँछौं- माधव नेपाल

सबै पालिकाबाट केपी पार्टी र उनको प्रवृत्तिलाई धुलो चटाउँछौं- माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा केपी ओली नेतृत्वको एमाले पार्टीलाई धुलो चटाइदिने दाबी गरेका छन् । 

नेकपा (एस) गुल्मीको कार्यकर्ता भेलालाई शनिवार तम्घासमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सत्तारुढ दलले गठबन्धन गरेर सबै पालिकाबाट केपी पार्टी र उनको प्रवृत्तिलाई उठ्नै नसक्ने गरी धुलो चटाउने चुनावी तालमेलको तयारी भइरहेको बताएका हुन् । 

कहिल्यै, कसैले पराजित गर्न नसक्ने घमन्ड बोकेको ओली र ओली प्रवृत्ति अदालत, संसद् र प्रदेशबाट अन्त्य हुँदै आएको भन्दै उनले अब तीनै तहका चुनावको माध्यमबाट नामेट बनाउनुपर्नेमा जोड दिए । 

गुल्मी जिल्लास्तरीय सत्ता गठबन्धनका नेतासँग पनि आफ्नो छलफल भएकाले मिलेर एमाले र केपी प्रवृत्तिका विरुद्ध लड्न उनले सबै कार्यकर्तालाई निर्देशन दिए । 

नेपालले केपी ओलीले पार्टी, विधि, पद्धतिसँगै राष्ट्र र राष्ट्रियता बिर्सेर गुटका आधारमा विदेशी शक्तिसँग साठगाँठ गरेको आरोप लगाउँदै आफूहरूले पार्टीभित्रबाट चुनौतीपूर्ण विद्रोह गरेको जिकिर गरे । भेलालाई मन्त्री रामकुमारी झाँकी, नेता सोमप्रसाद पाण्डेलगायतले सम्बोधन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्