
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्ड अन्तरगत सिद्धबाबा मन्दिर नजिकै शनिबार राति सुख्खा पहिरो झरेको छ । जसका कारण राजमार्ग अवरुद्ध हुन पुगेको छ । तल्लो सिद्धबाबादेखि उत्तर विद्युत पावर हाउस नजिकै राति ९ बजे ढुङ्गा र माटोसहितको सुख्खा पहिलो गएको स्थानीय बिष्णु पाण्डेले जानकारी दिए ।
अवरुद्ध भएको खुलाउने प्रयास भैरहेको इलाका प्रहरी कार्यालय बुटवल जानकारी दिए ।