०५ साउन २०८३, मंगलबार

नेपाल र चीनबीच भयो यस्तो सहमति

चैत १३, २०७८
नेपाल र  चीनबीच भयो यस्तो सहमति

नेपाल  र  चीनबीचको घनिष्ठ मित्रतालाई थप उचाइमा पुर्‍याउन दुई मित्रराष्ट्र मुलुकले आपसी सहकार्यलाई बलियो  बनाउने  सहमति  गरेका  छन्  ।  

चीनका विदेशमन्त्री  वाङ  यीको  नेपाल  भ्रमणले  दुई मुलुकबीचको  सम्बन्ध  थप  घनीभूत  बनाउने अवसर  सिर्जना  गरेको  हो  ।

शनिबार छिमेकी मुलुकका समकक्षी परराष्ट्रमन्त्रीसँगै दुई देशका प्रतिनिधिमण्डलसहित बसेको उच्चस्तरीय वार्ताले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम  थप्ने  सहमति  गरेको  हो  ।  

परराष्ट्रमन्त्री डा.  नारायण  खड्का  र  चीनका  विदेशमन्त्री वाङबीच  भएको  द्विपक्षीय  भेटवार्तामा  दुई मुलुकबीचको विकास सहकार्यलाई जोड दिँदै  सम्बन्धको  नयाँ  आयाम  कायम  गरेको पर  राष्ट्र  मन्त्रालयले  जनाएको  छ  । गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्