०५ साउन २०८३, मंगलबार

नेपाल फाईभ पी अन्तराष्ट्रिय प्रदर्शनी चैत १७ देखि

नेपाल फाईभ पी अन्तराष्ट्रिय प्रदर्शनी चैत १७ देखि

प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ सम्बन्धि बृहत अन्तराष्ट्रिय प्रदर्शनी ‘नेपाल ५पी’ चैत १७ देखि २० गतेसम्म हुने भएको छ ।  

प्रदर्शनी भरतपुरको चितवन एक्स्पो सेन्टरमा हुन लागेको हो ।

मिडिया स्पेस सोलुसन्स् प्रा. लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. को संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो ।

प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १२० भन्दा बढि कम्पनीहरुको स्टल रहने छन् । 

‘नेपाल ५पी’ ५ विधाका सम्पूर्ण ब्यापारी, व्यवसायीलाई एकै ठाउँमा एकिकृत गरी व्यवसायीक साझेदारी, नविनतम प्रविधि प्रर्दशन तथा संवाद गर्न उक्त प्रदर्शनी एउटा साझा मंच  हुने विश्वास गरेको आयोजकले जनाएको छ । 

यस प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ्ग मेशिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्ग, कन्टेनर, बिब कक, ईण्डक्सन मोल्डिङ्ग मेशिन, प्रिन्टिङ्ग मेशिन, टेप, प्लाष्टिक हिटर, अफिस स्टेशनरी मेशिनरी, प्रिन्टिङ्ग स्पेर पार्टस, पेपर मेशिनरी, पेपर कप मेसिशनरी, सबै खालका कागज र स्पेर पार्टस्, सिलाई मेशिनरी उत्पादकहरु, प्याकेजिङ्ग मेशिनरी, र्‍याप फिल्म उत्पादक, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक र अन्य थुप्रै उत्पादकहरुको सहभागिता हुने छ ।

प्लास्टिक, पेपर, प्रिन्टिङ्ग, प्याकेजिङ्ग र प्रोसेसिङ्गसंग सम्बन्धित ख्याती प्राप्त ब्राण्डका मेशिनहरुको प्रत्यक्ष प्रर्दशनी समेत रहने आयोजकले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्