
भक्तपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
भक्तपुर नगरपालिका-६, डेकोचा बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-४ मैदीका २२ वर्षीय राज परियारलाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो ।
परियारले ती किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।