२६ जेठ २०८३, मंगलबार

लभिभमा क्षेप्यास्त्र प्रहार गरेर रुसले दियो बाइडनलाई सन्देश

चैत १३, २०७८
लभिभमा क्षेप्यास्त्र प्रहार गरेर रुसले दियो बाइडनलाई सन्देश

रुसले पोल्यान्ड सीमा नजिक रहेको युक्रेनी शहर लभिभमा शनिवार लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ । 

एन्टी एयरक्राफ्ट सिस्टम, रेडार स्टेसन र ट्यांकका साइटहरूको मर्मत गर्ने कारखानामा रुसले क्रुज क्षेप्यास्त्र पनि प्रहार गरेको छ । 

रुसले समुद्रमा राखेका लामो दूरीका क्षेप्यास्त्रहरूले एस–३०० क्षेप्यास्त्र र बुक एन्टी एयरक्राफ्ट क्षेप्यास्त्र प्रणालीलाई ध्वस्त पारेको रुसको रक्षा मन्त्रालयले जानकारी दिएको हो । रुसी बलहरूले युक्रेनका कैयौं ड्रोन समेत ध्वस्त पारेका छन् । 

लभिभका मेयर आन्द्री सादोवीले रुसी आक्रमणको विवरण उपलब्ध गराएका छन् । 

उनका अनुसार, रुसी सैनिकहरूले ट्यांक फार्म र रक्षा संरचनामा आक्रमण गरेका थिए । 

पहिलो आक्रमणपछि पाँचजनाले सहायता मागेका थिए । कसैको पनि मृत्यु भएको छैन । 

रुसी प्रहारबाट हतियारहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् । 

क्षेप्यास्त्रको शकवेभ (तरंग) का कारण विद्यालय तथा किन्डरगार्टनका झ्यालका शीशा फुटेका छन् ।

पोल्यान्डमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडनलाई यस क्षेप्यास्त्र प्रहारमार्फत रुसले सन्देश दिएको हो । लभिभबाट जम्मा ९० माइल परको स्थानमा बाइडनले भाषण गरेकै समयतिर रुसले क्षेप्यास्त्र प्रहार गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्