०९ साउन २०८३, शनिबार

मछिन्द्रलाई स्तब्ध पार्दै राजर्षि जनक गोल्डकपको उपाधि पिप्ले युवा क्लबले जित्यो

मछिन्द्रलाई स्तब्ध पार्दै राजर्षि जनक गोल्डकपको उपाधि पिप्ले युवा क्लबले जित्यो

छैठौं राजर्षि जनक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा ए डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई स्तब्ध पार्दै हेटौंडाको पिप्ले युवा क्लब दोस्रो पटक विजयी भएको छ । सर्लाही जिल्लाको बागमती नगरपालिकामा भएको छैठौं संस्करणको राजर्षि जनक गोल्डकप फाइनल खेलमा पिप्लेले टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै विजयी भएको हो । 

ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लब र साविक विजेता पिप्ले युवा क्लब विच भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टिमले समान गोलको अवसर पाए पनि गोलमा परिणत गर्न  भने सकेनन् । त्यस्तै खेलको दोस्रो हाफको सुरुवाती ६ मिनेटमा पिप्ले युवा क्लबका अमिर श्रेष्ठले डिबक्स नजिकैबाट हानेको फ्रिकिक बल विपक्षी टिमको पोष्टबार माथिबाट जादाँ गोल हुनबाट चुक्यो । त्यस्तै मछिन्द्रका कप्तान सुजल श्रेष्ठले ८ औ मिनेटमा विपक्षी टिमको खेलाडी छल्दै विमल थापा मगरलाई पास दिँदा अफसाईड हुन पुग्यो । निकै रोमाञ्चक भएको प्रतियोगिताको फाइनल खेलको ३४ औ मिनेटमा मछिन्द्रका यानद्रियोस नियोकले फलगर्दा पिप्ले युवा क्लबले राम्रो अवसर पाएपनि रोप बहादुर लामाले  हानेको बल मछिन्द्रका गोल रक्षक विशाल राईले उत्कृष्ट बचाउ गरे । 

 पिप्लेको गोलपोष्ट नजिकै मछिन्द्रका खेलाडी यानद्रियोस नियोकले वान भर्सेस वानमा विमल घर्ती मगरलाई दिएको बललाई विमलले गोलमा परिणत गर्न सकेन्न । दुवै टिमले खेलको निधारित सयममा गोल गर्ने समान अवसर पाएपनि गोल गर्न नसक्दा खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।

ट्राइब्रेकरमा मछिन्द्र क्लबबाट सुजल श्रेष्ठ , विजय धिमाल र करिमले ३ गोल गरे । त्यस्तै  विमल घर्ती मगर र देवेन्द्र तामङ्गको बल पिप्लेका गोल रक्षक अशोक बरालले उत्कृष्ट बचाउ गरे । त्यस्तै पिप्लेबाट अशोक खवास,समिर राज थोकर र अमिर श्रेष्ठले ३ गोल गर्दा कुलदिप कार्कीको बल पोष्टबार माथिबाट बाहिरियो र माट्रिनको बल मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।

 दुवै टिमको ३–३ गोलको बराबरी भएपछि सडन डेथको पहिलो प्रहारमा पिप्लेका तर्फबाट रोप बहादुर लामाले थप १ गोलगर्दा मछिन्द्रका छिरिङ गुरुङको प्रहार बल क्रसबारमा लागेर फर्किएपछि पिप्लेका रुपमबहादुर लामाको गोलनै  निर्णायक सावित हुन पुग्यो र ४–३ गोल अन्तरले हेटौंडको पिप्ले युवा क्लबले दोस्रो पटक राजर्षी जनक गोल्डकपको विजेता बन्न पुग्यो । प्रतियोगिताको विजेता पिप्लेले १० लाख १ हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता मछिन्द्र क्लबले ५ लाख ५ सय नगद सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्यो । 

आज भएको फाईनल खेलको म्यान अफ द म्याच  पिप्लेका गोल रक्षक अशोक बराल घोषित भए यस्तै प्लेयर अफ द टुर्नामेन्ट पिप्ले युवा क्लबका रुपबहादुर लामा घोषित भएका छन् । उनले ५१ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक पिप्लेका सुविन घिमिरे, उत्कृष्ट स्ट्राइकर मच्छिन्द्रका बिमल घर्ती मगर, उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर बागमती युवा क्लबका अमर श्रेष्ठ र उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका सुजल श्रेष्ठ घोषित भए ।

salt training

कमेन्ट गर्नुहोस्