०७ असार २०८३, आइतबार

एकीकृत बस्तीको योजना प्रभावकारी देखिएन : मन्त्री झाँक्री

एकीकृत बस्तीको योजना प्रभावकारी देखिएन : मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भूकम्पछि निर्माण गरिएका एकीकृत वस्तीको योजना प्रभावकारी नदेखिएको  बताएकी छन्। उनले सरकारले एकीकृत वस्तीको योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाएको भएपनि प्रभावकारी नदेखिएको बताएकी हुन् ।
 
आइतबार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजको कार्य समितिलाई बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले सरकारले भुकम्पछि सरकारले एकीकृत वस्तीको योजना बनाएर वस्ती निर्माण गरिए पनि प्रयोगमा आउन नसकेको बताइन् ।
 
उनले भनिन्, ‘सरकारले जुन लक्ष्य र उद्देश्यको साथ एकीकृत वस्ती निर्माणको काम अघि बढाएको थियो, तर प्रभावकारी प्रयोग देखिएन ।’ मन्त्रालयको कतिपय नीति तथा कार्यक्रमलाई समेत पुनर्विचार गर्ने गरी गृहकार्य गरिरहेको बताउँदै मन्त्री झाँक्रीले एकीकृत वस्ती निर्माण गरिए पनि प्रभावकारी बन्न नसकेको बताइन् ।


 

salt training

कमेन्ट गर्नुहोस्