०५ साउन २०८३, मंगलबार

कांग्रेस केन्द्रीय समितिको बैठक: चुनावी गठबन्धनबारे केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

कांग्रेस केन्द्रीय समितिको बैठक: चुनावी गठबन्धनबारे केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न बोलाइएको नेपाली कांग्रेसको तेस्रो दिनको बैठक शुरू भएको छ । 

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बैठक जारी छ । गत शुक्रवार शुरू भएको बैठक शनिवार विश्रामपछि आइतवार र सोमवार लगातार बसिरहेको छ । 

कांग्रेसको बैठकमा केन्द्रीय सदस्यहरूले मुख्यगरी आगामी निर्वाचनमा सत्तारूढ गठबन्धनसँग चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने बारेमा धारणा राखिरहेका छन् । 

कांग्रेसमा चुनावमा गठबन्धनको विषयलाई लिएर दुई धार देखिएको छ । सभापति शेरबहादुर देउवा पक्षले चुनावमा सत्तारूढ दलसँग गठबन्धन गरेर जानुपर्ने बताएको छ भने शेखर कोइराला पक्षका नेताहरूले गठबन्धन गर्न नहुने भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्