०४ असार २०८३, बिहीबार

अस्कर समारोह चलिरहँदा विल स्मिथले मञ्चमै क्रिस रकको गाला चड्काएपछि... (भिडियो)

चैत १४, २०७८
अस्कर समारोह चलिरहँदा विल स्मिथले मञ्चमै क्रिस रकको गाला चड्काएपछि... (भिडियो)

प्रतिष्ठित अस्कर पुरस्कार वितरण समारोह चलिरहेको बेलामा हलिउड अभिनेता विल स्मिथले कार्यक्रम सञ्चालक क्रिस रकको गाला चड्काएका छन् । 

रकले स्मिथकी पत्नी जाडा पिन्केट स्मिथको शारीरिक अवस्थाका बारेमा मजाक गरेपछि स्मिथ रिसाएका हुन् । जाडालाई एलोपेसिया नामक रोग लागेकाले कपाल खौरेर टाउको मुडुलो पारेकी छन् । 

रकले जाडालाई जीआई जेन भनी मजाक गरेका थिए । सन् १९९७ मा आएको फिल्म जीआई जेनमा मुख्य अभिनेत्री डेमी मूरको मुडुलो टाउको देखाइएको छ । 

रकले पत्नीको मजाक उडाएपछि विल स्मिथ स्टेजमै पुगेका थिए । त्यहीँ उनले रकको गालामा थप्पड हाने । 

त्यतिले मात्र उनको रिस मरेन । फर्केर आफ्नो सीटमा आएपछि उनले ‘आफ्नो घिनलाग्दो मुखबाट मेरी पत्नीको नाम नलिई’ भन्दै रकलाई दुईपटक गाली गरे । 

यस्तो घटना भएपछि पुरस्कार समारोहमा आएका अतिथिहरू स्तब्ध बने । 

तर पछि रक र स्मिथबीच कुरा मिलेर रमाइलो गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्