०२ साउन २०८३, शनिबार

‘५० वर्ष कम्युनिष्ट शासन गर्न नेकपा बनाएका थियौँ, नायक बनाउन खोजेको खलनायक भइदिए’

‘५० वर्ष कम्युनिष्ट शासन गर्न नेकपा बनाएका थियौँ, नायक बनाउन खोजेको खलनायक भइदिए’
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा ४०/५० वर्ष शासन गर्नको लागि नेकपा बनाएको भएपनि केपी ओलीका कारण असफल भएको बताएका छन् । 

नायक बनाउन खोजेको व्यक्ति खलनायक बनेको उनले आरोप लगाए । 

माओवादीले सोमवार रोल्पामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले केपी ओलीको नाम नलिइ नायक बनाउन खोजेको व्यक्ति खलनायक बनेको आरोप लगाएका हुन् । 

‘रोल्पाली जनसमुदायको अगाडि भन्नै पर्छ, जे सपना देखेर नेकपा बनाएका थियौं, ४०–५० वर्ष शासन गरौँला भनेर । जसलाई धोइ पखाली नायक बनाउन खोजेको खलनायक र विदेशी दलाल देखापरे,’ प्रचण्डले भने । 

पार्टीभित्रको अन्तरसंघर्षमा पराजित भएपछि ओलीले राष्ट्रिय अन्तर्राष्ट्रिय सेटिङ गरेर संसद विघटन गराएको आरोप लगाए । 

‘पार्टीभित्रको अन्तरसंघर्षमा ७० प्रतिशत हाम्रो पक्षमा थियो । प्रधानमन्त्री हटाउने भनेर बहुमत सांसदको हस्ताक्षर भएको थियो । राष्ट्रिय अन्तर्राष्ट्रिय सेटिङ र षडयन्त्रका कारण निर्वाचन आयोगले समयमा निर्णय नदिँदा सफल हुन सकेन,’ प्रचण्डले भने ।

संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने षडयन्त्र भएपनि आफू काठमाडौंका सडकमा नारा लगाउँदै हिड्नुपर्ने अवस्था आएको प्रचण्डले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्