०५ साउन २०८३, मंगलबार

कुनै बेलाको साँढे गोरु जस्तो कांग्रेसलाई चुनाव जित्न गठबन्धनको बैशाखी चाहियो : केपी ओली

कुनै बेलाको साँढे गोरु जस्तो कांग्रेसलाई चुनाव जित्न गठबन्धनको बैशाखी चाहियो : केपी ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन भन्दै नेपाली कांग्रेसले अन्य दलसँग वैशाखी टेकेको बताएका छन् ।

कुनै बेला कांग्रेस साँढे गोरु जस्तो रहेको भन्दै अहिले सरकार टिकाउन गठबन्धन गरेको आरोप लगाए । 

कपिलवस्तुको तौलिहवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालका सबै दलहरू मिलेर आए पनि एमालेलाई जित्न नसक्ने दाबी गरे । अब कपिलवस्तु जिल्ला नेकपा एमालेको किल्ला भएको भन्दै सबै घर एमालेमय हुने बताए ।

कपिलवस्तुमा एमाले बाढीको रूपमा प्रवेश गरेको बताउँदै सबैले घरघरदेखि विकास गर्नुपर्ने भएकाले सबै एमाले बन्नुपर्ने बताए  । मुलुकमा विकास गर्नका लागि एमालेले जित्नुपर्ने भन्दै एमालेले देशलाई डिजिटल आधुनिक नेपाल निर्माण गर्ने बताए ।

शिक्षा, स्वास्थ्य, कृषि लगायत विमानस्थलहरू निर्माणका काम आफ्नो पालामा भएको दाबी गरेका छन् । जिल्ला औद्योगिक हिसाबले उपयुक्त रहेको भन्दै औद्योगिक क्षेत्रको रूपमा विकास गर्न जरुरी रहेको बताए ।

कपिलवस्तु नजिकै रहेको राप्ती नदीबाट डाइभर्सन गरी पानी ल्याउन सकेमा सिँचाइको समस्या हट्ने बताए  ।

कपिलवस्तुमा विभिन्न समयमा सामाजिक सद्भाव बिगार्ने तत्वहरू लागिपर्ने भएकाले त्यसमा स्थानीय सजग हुनुपर्ने बताए । ‘यहाँ कहिले मधेशी–पहाडी, कहिले हिन्दू–मुस्लिम भनेर दंगा हुने गर्दछ,’ ओलीले भने, ‘सामाजिक सद्भावमा खलल पर्ने तत्वलाई समाजबाट बहिष्कार गर्नुपर्छ ।’

कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा एमालेको जीतलाई कसैले रोक्न नसक्ने बताए । 

एमाले प्रवेशपछि बोल्दै प्रतिनिधिसभा सदस्य सांसद वृजेशकुमार गुप्ताले मधेशको विकास र मधेशीको हितमा काम गर्ने दल एमाले मात्र भएको हुँदा कार्यकर्तासहित प्रवेश गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्