२४ असार २०८३, बुधबार

रुपन्देहीमा लुटेराको आक्रमणबाट सुनचाँदी पसल सञ्चालक घाइते

रुपन्देहीमा लुटेराको आक्रमणबाट सुनचाँदी पसल सञ्चालक घाइते

रुपन्देहीको सैनामैनामा सुनचाँदी पसल लुट्न आएकाको आक्रमणमा परी पसल सञ्चालक घाइते भएका छन् ।

सैनामैना नगरपालिका वडा नम्बर–१, रानवगियामा रहेको बाग्लुङ शान्तिपुरे गुल्मेली सुनचाँदी पसलमा लुटेराहरूले आक्रमण गरी सञ्चालक गणेश हमाल घाइते भएका छन् ।

उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ ।

हमाललाई लुटेराहरूले हथौडा प्रहार गरेका थिए । बिहीवार रातिको समयमा पसल लुट्ने योजना बनाएर आएको २ जनाको समूहले पसल सञ्चालनमाथि नै आक्रमण गरेको प्रहरीले जनाएको छ ।  

लु४८प १२५६ नम्बरको मोटरसाइकलमा आएका अज्ञात समूहले सो पसलबाट गरगहना लुट्ने दाउमा रहेको खुलेको छ ।

प्रहरीले नियन्त्रणमा लिएको पुरुषको ब्यागबाट एक थान नक्कली पेस्तोल, धारिलो चक्कु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

पक्राउ पर्ने कपिलवस्तु जिल्ला कृष्णनगर वडा न ३ बस्ने वर्ष ३८ का अब्दुल्ला शाह रहेका छन् । लुटेराहरूले सुनियोजित रुपमा सुनचाँदी लुट्ने योजना रहेको बताउदै एसपी रेग्मीले फरार अर्का एक पुरुषको खोजीकार्य भइरहेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्