![पहिरनका कारण ट्रोलको शिकार बनिन् मलाइका [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/1092692-malaika_rpRuiMF2pv.jpg)
बलिउड अभिनेत्री मलाइका अरोरा बेलाबखत चर्चामा आइरहन्छिन् ।
योग गरेर होस् वा फेशन शो गरेर उनी चर्चामाा आइरहेकी हुन्छिन् ।
पछिल्लो समय उनी आफ्नो पहिरनका कारण पुनः चर्चामा छिन् ।
बिहीवार मलाईका मुम्बईको एक सैलुनको बाहिर देखिइन् ।
सो समयमा कैद भएको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
मलाइका सैलुनबाट निस्किएर आफ्नो कारमा बसेको भिडियोमा देखिन्छ ।
यस समेमा उनको ड्रेसले भने धेरैको ध्यान खिच्यो ।
‘डीपनेक रेपअप ड्रेस’मा मलाइका निकै ग्लामरस तथा ‘हट’ देखिएकी थिइन् ।
तर केहीले भने उनको ड्रेसमाथि ट्रोल बनाउन भ्याए ।
एक सामाजिक सञ्जाल प्रयोगकर्ताले त उनलाई अस्पतालको बेडको शीटको कभरको ड्रेस बनाएर लगाएको समेत भन्न भ्याए ।
अर्को प्रयोगकर्ताले यो त अस्पतालको ड्रेस हो भन्दै मजाक गरे ।