०९ साउन २०८३, शनिबार

श्रीलंकामा बिजुली बचाउनका लागि निभाउन थालियो सडकबत्ती

चैत १८, २०७८
श्रीलंकामा बिजुली बचाउनका लागि निभाउन थालियो सडकबत्ती

श्रीलंकामा चरम आर्थिक संकट आएपछि बिजुली बचाउन सरकारले सडकबत्ती निभाउने निर्णय लिएको छ । 

देशमा व्यापक लोडशेडिङ चलिरहेको छ र उसको प्रमुख स्कट मार्केटमा कारोबार ठप्प छ । 

अहिले दिनको १३ घन्टासम्म बिजुली गइरहेको छ किनकि सरकारसँग इन्धन आयातका लागि पर्याप्त विदेशी मुद्रा छैन । 

अत्यावश्यक वस्तुको अभाव र आकासिएको महंगीका कारण श्रीलंकालीहरू पहिले नै चपेटामा परेका छन् । 

सरकारले आर्थिक व्यवस्थापन राम्रोसँग गर्न नसकेको भन्दै राजधानी कोलम्बोमा हिंसात्मक प्रदर्शन भएपछि कर्फ्यु लगाइएको छ । 

सयौं विरोधकर्ताहरू राष्ट्रपति गोटाबाया राजपक्षेको निजी निवासमा बिहीवार राति भेला भएका थिए । उनीहरूलाई प्रहरीले अश्रूग्यास र पानीको फोहराले हानेर तितरबितर पारेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्