०७ असार २०८३, आइतबार

जब चिनियाँ राष्ट्रपति सी काँधमा बेल्चा बोकेर निस्किए...

चैत १८, २०७८
जब चिनियाँ राष्ट्रपति सी काँधमा बेल्चा बोकेर निस्किए...

चीनले सन् २०६० सम्ममा कार्बन उत्सर्जनलाई तटस्थ राख्ने प्रतिबद्धताअनुसार राष्ट्रव्यापीरुपमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यो कार्यक्रमको नेतृत्व स्वयं राष्ट्रपति सी चिनफिङ र अन्य उच्च तहका अधिकारीहरूले गरिरहेका छन् । 

वृक्षारोपण कार्यक्रममा राष्ट्रपति सी आफैं पुग्ने गरेका छन् । चिनियाँ सञ्चारमाध्यम सीजीटीएन जारी गरेको एउटा भिडियोमा राष्ट्रपति सी बेल्चा काँधमा बोकेर वृक्षारोपण गर्न गएको देखिन्छ । त्यहाँ पुग्दा स्वयंसेवीहरूले सीको स्वागतमा ताली बजाएका थिए । उनले त्यहाँ उपस्थित बालबालिकासँग रमाउँदै वृक्षारोपण कार्यक्रममा सहभागी बने । आफैं बेल्चा चलाए भने विरुवालाई पानीसमेत दिए । 

राष्ट्रपति सी १० वर्षदेखि वृक्षारोपणका कार्यक्रममा लगातार सहभागी भइरहेका छन् । 

कमेन्ट गर्नुहोस्