
तीनदिने भ्रमणको सिलसिलामा प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी नयाँ दिल्ली पुग्दैछन् । उनको स्वागतका लागि त्यहाँका अधिकारीहरू तम्तयार छन् ।
देउवाका लागि नेपाल र भारतको झण्डा भएको भारतीय गाडी तयारी अवस्थामा छ ।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा देउवालाई भारतीय रक्षा एवं पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गर्ने तयारी छ ।
