०८ साउन २०८३, शुक्रबार

बुद्धिजीवी परिषद्को सम्मेलन आइतवारदेखि

बुद्धिजीवी परिषद्को सम्मेलन आइतवारदेखि

नेपाल बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय महाधिवेशन चैत २० गतेबाट काठमाडौंमा शुरू हुँदैछ ।

सम्मेलनबारे शुक्रवार आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाका अनुसार महाधिवेशनमा भाग लिनका लागि देशभरिबाट प्रतिनिधि काठमाडौं आउन थालेका छन् ।

महाधिवेशनमा देशभरका ४०० जना प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनमा समृद्धिका लागि वुद्धिजीवी विचार गोष्ठी समेत हुनेछ ।

अध्यक्ष डा. देवकोटाले परिषद्ले नेपालका ठूलाठूला परियोजनाको अध्ययन अनुसन्धान गरी पार्टी तथा सरकारलाई सुझाव दिने गरेको बताए । ३ दिनसम्म सम्मेलनले १७ पदाधिकारीसहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । 

परिषद्मा योग्य, दक्ष र क्षमतावान् व्यक्ति भए पनि पार्टी र सरकारले त्यसको उपयोग गर्न नसकेको उनले बताए । परिषद्को देशभरिका ७७ जिल्लामा शाखा छन् । 

salt training

कमेन्ट गर्नुहोस्