
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भापजाको पार्टी कार्यालयमा गएपछि त्यसको विरोध भएको छ । एमाले नेता भीम रावलले देउवा भाजपा कार्यालयमा गएको प्रति कडा प्रश्न गरेका छन् ।
उनले देउवा भाजपा कार्यालयमा कुन उद्देश्य र कूटनीतिक मर्यादा पूरा गर्न गएको हो भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जलामार्फत रावलले नेका छन्, ‘शेरबहादुर देउवाको भारत भ्रमण प्रमको हैसियतले हो कि, नेकां सभापतिको ? भाजपा कार्यालयमा कुन उद्देश्य र कूटनीतिक मर्यादा पूरा गर्न गइएको हो ? श्रीमती देउवाले भाजपाका विदेश विभाग प्रमुखसँग पारिवारिक सम्बन्ध भएकाले गएको भन्ने समाचार आयो। भ्रमण पारिवारिक हो र ?यस्तै कामले नेपाल हेपिन्छ।’
देउवा भाजपाका अध्यक्षसँग भेटका लागि शुक्रबार भाजपा कार्यालय पुगेका थिए ।
शेरबहादुर देउवाको भारत भ्रमण प्रमंको हैसियतले हो कि, नेकां सभापतिको ? भाजपा कार्यालयमा कुन उद्देश्य र कूटनीतिक मर्यादा पूरा गर्न गइएको हो? श्रीमती देउवाले भाजपाका विदेश विभाग प्रमुखसंग पारिवारिक सम्बन्ध भएकाले गएको भन्ने समाचार आयो।भ्रमण पारिवारिक हो र?यस्तै कामले नेपाल हेपिन्छ।