
आईपीएल अन्तर्गत गएरातिको खेलमा कोलकाता नाइड राइडर्सले दोस्रो जित निकालेको छ । कोलकाताले पन्जाब किङ्सलाई ६ विकेटले हराएको हो । मुम्बईमा पन्जाबले दिएको १३८ रनको लक्ष्य पछ्याएको कोलकाताले १४ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १४१ रन बनायो ।
कोलकाताका लागि आन्द्रे रसेलले ७० रनको अर्धशतकीय पारी खेले । उनले ३१ बलमा २ चौका र ८ छक्का प्रहार गरे ।
त्यस्तै कप्तान श्रेयस यैरले २६ रन बनाउँदा श्याम बिलिङ्सले २४ र अजिङ्गे रहाणेले १२ रनको योगदान गरे ।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले १८ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३७ रन बनाएको थियो । पन्जाबका लागि भानु्का राजपाकसले सर्वाधिक ३१ रनको योगदान गरे । त्यस्तै लिम लिभिन्टोनले १९ रन जोड्दा हप्रित बर १४ र शिखर धावनले १६ रनको योगदान गरे ।