२३ असार २०८३, मंगलबार

कतार विश्वकपको ड्र सार्वजनिक, कुन समूहमा कुन टोली परे ?

चैत १९, २०७८
कतार विश्वकपको ड्र सार्वजनिक, कुन समूहमा कुन टोली परे ?

आगामी नोभेम्बरबाट सुरु हुने कतार विश्वकपको ड्र सार्वजनिक भएको छ । दोहामा सम्पन्न कार्यक्रमका बीच गएराति समूह विभाजन गरिएको हो । 

जसअनुसार समूह ‘ए’ मा कतार, नेदरल्यान्ड, सेनेगल र इक्वेडर परेकान् छन् भने समूह ‘बी’ मा इङ्ल्यान्ड, अमेरिका, इरान र युइएफएका प्लेअफबाट छानिने टोली हुनेछन् । 

यस्तै समूह ‘सी’ मा अर्जेन्टिना, मेक्सिको, पोल्यान्ड र साउदी अरेबिया समेटिँदा समूह ‘डी’ मा फ्रान्स, डेनमार्क, टुनिसिया, अन्तरमहादेशीय छनोटबाट आएको टोली हुनेछन् ।  

यस्तै समूह ‘ई’ मा स्पेन, जर्मनी, जापान र  अन्तरमहादेशीय छनोटबाट आएको टोली हुनेछन् भने समूह ‘एफ’ मा बेल्जियम, क्रोएसिया, मोरक्को र क्यानडा रहेका छन् । 

यस्तै समूह ‘जी’ मा ब्राजिल, स्विजरल्यान्ड, सर्बिया र क्यामरुन तथा समूह ‘एच’ मा पोर्चुगल , उरुग्वे, कोरिया र घाना  रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्