×

NMB BANK
NIC ASIA

राजनीति सँगसँगै उद्यम

विराटनगरमा कम्युनिस्ट नेताको ‘कफीशप गठबन्धन’

चैत १९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

निर्मल भण्डारी, शिवरत्न साहा, अमर मण्डल तीनै जना विद्यार्थी नेता हुन् । भण्डारी नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू जिल्ला कमिटी मोरङका सचिव हुन् भने साहा पूर्वाञ्चल विश्वविद्यालय राष्ट्र कमिटी सचिव र मण्डल नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको पूर्वाञ्चल विश्वविद्यालय पूर्वी जिल्ला कमिटी अध्यक्ष हुन् ।

Muktinath Bank

भण्डारी महेन्द्र बहुमुखी क्याम्पस विराटनगरमा अध्ययनरत छन् भने साहा मण्डल पूर्वाञ्चल विश्वविद्यालयमा अध्ययनरत छन् । उनीहरू इन्जिनीयरिङ पढिरहेका छन् । तीनै जना विद्यार्थी नेताहरूले केन्द्रीय राजनीतिमा रहेको गठबन्धनजस्तै गठबन्धन गरेर नै कफीशप चलाइरहेका छन् ।
 
कोरोनाका कारण लकडाउन हुँदा धेरै विद्यार्थीहरू अप्ठ्यारोमा परे । लकडाउनको समयमा कोठामै बसेर अध्ययन गर्ने योजना बनाएका तीनै जना विराटनगरमै बसे । धेरै साथीहरूले समस्या भइरहेको भनेर फोन गरिरहे । पार्टीका नेताहरूलाई भनेर केही साथीहरूको समस्या समाधान गरेको भण्डारी बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही विद्यार्थीले यस्तो बेलामा सहयोग गर्दैनन् भने किन नेता मान्नेसम्म भन्न भ्याए । संगठनका विद्यार्थी साथीहरूले तीतोरूपमा भन्न थालेपछि विद्यार्थीलाई परेका सानातिना समस्या टार्ने उद्देश्यले कफीशप खोलेको उनीहरू बताउँछन् ।


Advertisment
Nabil box
Kumari

‘राजनीति गर्नका लागि घरमा पैसा माग्ने कुरा भएन,’ निर्मलले भने, ‘अब केही गर्नुपर्छ भन्ने योजना बनाएर थालेका हौं ।’

Vianet communication
Laxmi Bank

व्यवसायले जोड्यो तराई–पहाड !
 
कफीशप व्यवसायले तराई र पहाडको सम्बन्ध जोडेको छ । साहा र मण्डल विराटनगरका हुन् भने भण्डारी मोरङकै कानेपोखरीका हुन् । राजनीतिक यात्रालाई थप दरिलो बनाउँदै तराई र पहाडको सम्बन्धलाई पनि थप बलियो बनाएको अमर बताउँछन् ।

कफीशपले तराई र पहाड बीचको एकता बनाउने सन्देश दिएको बताइन्छ । तीनै जनाबीच राजनीतिक संगठनको हिसाबले चिनजान भए पनि घनिष्टता कफीशपले बनाएको छ ।

तीनै जनाले कामको बाँडफाँट समेत गरेका छन् । मण्डललाई इन्चार्जको जिम्मेवारी तोकिएको छ भने तलब पनि दिइन्छ तर अन्य २ जना काम गरे पनि तलब लिँदैनन् । ‘जिम्मेवारी बेसी तोकिएको साथीले केही तलब लिनुहुन्छ,’ निर्मलले भने, ‘नाफा कमाएर त्यहीँबाट चल्छौं ।’

मद्यपान निषेध !

उमेरले तीनै जना २५ वर्षको हारहारीमा छन् । कफीशपमा ७० किसिमका खानेकुरा पाइए पनि जाँडरक्सी पाइँदैन । आफू पनि नखाने र अरूलाई पनि नखुवाउने भनेर जाँडरक्सी नबेचेको भण्डारीले बताए । 

‘बजारको पनि ग्रामीण क्षेत्रमा हाम्रो पसल छ । हामीले अल्कोहलजन्य पदार्थ बेच्यौं भने हाम्रा कारण समस्या निम्त्याउन सक्छ,’ शिवले भने । थोरै कमाइ भए पनि सामाजिक उत्तरदायित्व पनि बहन गर्न सक्नुपर्ने उनी बताउँछन् । पसल विराटनगर महानगरपालिका–३ मा छ ।

नेताहरूबाट हौसला प्राप्त

कफीशप व्यवसायलाई नेताहरूले हौसला दिएका छन् । विद्यार्थी नेताकै हौसलाले व्यवसाय गरिरहेका छन् । विद्यार्थी नेता वासिम आलमलाई भेटेर योजना सुनाएपछि उनले हौसला दिँदै सुझावसहित सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

विद्यार्थी नेताको चिया पसल भन्दै पार्टीका नेतादेखि धेरै विद्यार्थीहरूले आएर चिया, कफी, नास्ता खाने गरेका छन् । अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, शहरी विकास मन्त्री रामकुमारी झाँक्री लगायतका नेताहरू विराटनगर आउँदा कफी खान आउने गरेका भण्डारीले बताए ।

१ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राई, एमालेका नेता विनोद ढकाल, रुपेश खतिवडा, नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मी, विराटनगरका मेयर भीम पराजुली लगायतका नेताले व्यवसायका विषयमा चासो राख्ने गरेका भण्डारीले बताए । ‘कात्तिक १५ गते राजेन्द्र राईले हाम्रोमा आएर कफी खानुभएको थियो, १६ गते नै मुख्यमन्त्री बन्नुभयो,’ निर्मलले भने, ‘हाम्रोमा आएको १ हप्ता नबित्दै रामकुमारी झाँक्री पनि मन्त्री बन्नुभयो, त्यसले हामीलाई हौसला मिल्यो ।’

धेरै साथीहरूले कफीशपमा गएर कफी खाँदा मन्त्री बनिँदो रहेछ भनेर जिस्काउने गरेका समेत उनले बताए । कांग्रेस, माओवादीका नेताहरू पनि आएर बस्ने–खाने गरेका छन् । 

छैन जागिर खाने सोच, व्यवसायमै जोड

जागिर खाने सोच नबनाएकाले पनि व्यवसायमा सहयोग पुगेको भण्डारी बताउँछन् । ‘जागिर नै खान चाहेको भए विद्यार्र्थी नेता हौं, पाटीका नेताहरूलाई भन्न लगाएर पनि जागिर खान सक्थ्यौं,’ उनले भने, ‘पढेपछि जागिर नै खानुपर्छ भन्ने मानसिकतालाई पनि तोड्न खोजेका हौं ।’

आम्दानीको स्रोत नभई राजनीति गर्दा सोच नै भ्रष्टाचार गर्नेतिर मोडिने भएकाले पनि राजनीति गर्नका लागि माध्यम बनाएको उनले सुनाए । राजनीतिलाई पेशा बनाउँदा भ्रष्टाचार बढ्ने गरेको भण्डारीको भनाइ छ । २० लाखदेखि शुरू गरेको व्यवसाय दिनप्रतिदिन बढ्दो रूपमा छ ।

तीनै सञ्चालकले पढाइ खर्चका लागि घरपरिवारसँग पैसा माग्नु परेको छैन भने ५ जनालाई रोजगारी दिएका छन् । वेटर, सफाइ गर्ने, कूक लगायतमा रोजगारी दिइएको छ ।

बदलिँदो नाम

कफीशप सञ्चालक तीनै जना कम्युनिस्ट विचारसँग आस्था राख्ने भएकाले शुरूमा ‘कम्युनिस्ट क्याफे’ नाम राख्ने सोच बनाएका थिए । नामकै कारण अन्य आस्था राख्नेहरू नआउने भन्ने डरले त्यो नामबाट पसल नचल्ने निष्कर्षमा पुगे । त्यसपछि २ जना इन्जिनीयर भएकाले ‘इन्जिनीयर कफीशप’ नाम राख्ने विषयमा समेत छलफल गरे तर त्यो नाम पनि साँघुरो घेरा जस्तो लाग्यो, त्यसमा पनि सहमति जुट्न सकेन ।

सबैलाई समेट्ने उद्देश्य राखेर ‘बैठक घर’ नाम राख्ने विषयमा समेत छलफल गरे । पसलको नाम राख्ने विषयमा पनि गठबन्धन भित्रको भागबण्डा मिलाउने छलफलजस्तै धेरै छलफल भयो । धेरै जनासँग सोधीखोजी गरेर जुराएको ‘बैठक घर’ नाम पनि उपयुक्त लागेन । अन्तिममा नेपाली र अंग्रेजी नाम जोडेर ‘बैठक हाउस’ बनाइएको छ । नामका कारण धेरैतिरबाट शाखा खोल्ने कुरा आएको भण्डारीले बताए । जनकपुर, हेटौंडा, काडमाडौं, पोखरा तिरबाट विद्यार्थी साथीहरूले त्यही नाममा व्यवसाय गर्छाै भनेर भन्ने गरेका उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x