०२ साउन २०८३, शनिबार
देउवा-माेदी भेट

प्रधानमन्त्री देउवा र मोदीबीच छलफल, नेपाल–भारत बहुपक्षीय हितका एजेण्डा समावेश

प्रधानमन्त्री देउवा र मोदीबीच छलफल, नेपाल–भारत बहुपक्षीय हितका एजेण्डा समावेश

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको छलफलमा नेपाल-भारतको बहुपक्षीय हितका एजेण्डा समावेश भएको भारतीय अधिकारीले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहयोग मिल्ने भातरीय अधिकारीहरुले बताएका छन् ।

भारतीय विदेश मन्त्रालयमा प्रवक्ता अरिदम बागचीले ट्वीट लेख्दै नेपाल र भारतको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउनको प्रधानमन्त्री देउवा र उनका समकक्षी नरेन्द्र मोदीका बीच भेटवार्ता भरहेको भनेका छन् । 

भेटवार्तामा दुई देशबीचको बहुपक्षीय साझेदारीका विषयमा विस्तृतमा कुरा हुने बागचीले बताएका छन् ।

प्रधानमन्त्री देउवा र मोदी छलफलमा बसेको तस्वीर सार्वजनिक गर्दै भने दुई नेताको भेटवार्तामा दुई देशको बहुपक्षीय हितका एजेण्डा छलफलमा रहेको बताएका हुन । 
 

salt training

कमेन्ट गर्नुहोस्