२८ जेठ २०८३, बिहीबार

नेपाल-भारतबीचको द्वीपक्षीय भेटवार्ता सकियो, संयुक्त प्रेस वक्तव्य जारी गरिँदै

चैत १९, २०७८
नेपाल-भारतबीचको द्वीपक्षीय भेटवार्ता सकियो,  संयुक्त प्रेस वक्तव्य जारी गरिँदै

हैदरावाद हाउसमा भएको नेपाल-भारतबीचको द्वीपक्षीय उच्चस्तरीय भेटवार्ता सकिएको छ । 

वार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव, मुख्यसचिव शंकरदास बैरागीलगायत थिए । 

त्यस्तै भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीसहित विदेशमन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोबललगायत सहभागी थिए । 

अहिले द्विपक्षीय सम्झौताको आदानप्रदान र प्रधानमन्त्रीले संयुक्तरूपमा प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम पनि तय भएको छ । 

भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा ३ दिने औपचारिक भ्रमणको सिलसिलामा नयाँदिल्लीमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्