
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले भर्चुअल माध्यममार्फत सोलु करिडोर प्रसारण लाइन आयोजना उद्घाटन गरेका छन् ।
भारत भ्रमणमा रहेमा प्रधानमन्त्री देउवा र मोदीले नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट शनिबार प्रसारण लाइनको उद्घाटन गरेका हुन् ।
भारतको तीन अर्ब २० करोड रुपैयाँ सहुलियत ऋणमा निर्मित ९० किलोमिटर लामो सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजना भारतले नेपाललाई हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री देउवा र समकक्षी मोदीले जनकपुर–जयनगर रेल सेवाको पनि नयाँ दिल्लीबाट उद्घाटन गरेका थिए ।