१० असार २०८३, बुधबार
प्रधानमन्त्रीकाे भारत भ्रमण

देउवासँग छलफलपछि मोदीले भने– पञ्चेश्वर परियोजना अघि बढाउन सहमत भएका छौं, यो गेम चेन्जर आयोजना हो

देउवासँग छलफलपछि मोदीले भने– पञ्चेश्वर परियोजना अघि बढाउन सहमत भएका छौं, यो गेम चेन्जर आयोजना हो

पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाउन भारत सहमत भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा भएको द्विपक्षीय छलफलमा भारत पञ्चेश्वर आयोजना अघि बढाउन सहमत भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताए । 

द्विपक्षीय छलफल पछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधनको क्रममा भारतीय प्रधानमन्त्री मोदीले पञ्चेश्वर आयोजना तीब्र गतिमा अगाडि बढाउने बारेमा कुराकानी भएको बताए । 

मोदीले भने, ‘उर्जा क्षेत्रमा अवसरको लाभ लिनुपर्छ भन्नेमा हामी सहमत भएका छौं । पञ्चेश्वर तीव्र गतिमा अगाडि बढाउने विषयमा हाम्रो जोड रहेको छ । विकासका लागि पञ्चेश्वर गेम चेन्जर परियोजना हुनेछ ।’

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता भएको थियो । लगतै प्रतिनिधिमण्डल स्तरमा छलफल हुनुका साथै चार समझदारीमा हस्ताक्षर भएको छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री देउवासँग नेपाल भारतको हितको सबै विषयमा कुरा भएको मोदीले बताए ।   

आपसी सहयोग, विकास परियोजनाहरुको अहिलेसम्मको समीक्षा र भविष्यको रुपरेखाबारे पनि छलफल भएको उनले बताए ।

सम्बोधनको क्रममा भारतीय प्रधानमन्त्री मोदीले भारत नेपाल सम्बन्ध विश्वमै उदाहरणीय भएको बताएका छन् । देउवाको भ्रमणबाट नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपिएको मोदीको भनाइृ थियो । ‘देउवाजी भारतको पुरानो मित्र, प्रधामन्त्रीको रुपमा पाँचौ यात्रा गर्नुभएको छ । नेपाल भारत विकासमा भारतको सधै सहयोग रहदै आएको छ’ मोदीले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्