२६ जेठ २०८३, मंगलबार
भारतीय लगानीकर्तासँग देउवाको अन्तरक्रिया

एमसीसीबारे भारतीय लगानीकर्ताको चासो, नेपालमा लगानीका लागि जग्गा अधिग्रहण मुख्य समस्या

चैत १९, २०७८
एमसीसीबारे भारतीय लगानीकर्ताको चासो, नेपालमा लगानीका लागि जग्गा अधिग्रहण मुख्य समस्या

भारतका उद्योगी व्यवसायीहरूले नेपालको संसदबाट अनुमोदन भएको अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसीबारे चासो राखेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा नयाँ दिल्लीमा भएको अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो चासाे राखेका हुन् । 

नेपालमा भारतीय लगानीकर्ताको ध्यानाकर्षणका लागि नेपालका उद्योगीहरू र भारतीय उद्योग परिसंघको पहलमा आयोजित अन्तक्रियामा नेपालका प्रधानमन्त्रीसहित भ्रमण दलमा रहेका मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र उद्योगी व्यवसायीहरूको सहभागिता छ । 

नेपालका उच्चपदस्थ अधिकारीहरूसँगको अन्तरक्रियामा भारतीय लगानीकर्ताले नेपालमा एमसीसी कार्यान्वयन भइसकेपछि लगानीको वातावरणबारे प्रधानमन्त्री देउवासँग जिज्ञासा राखेका हुन् । 

त्यसैगरी, नेपालीमा लगानीका लागि जग्गा अधिग्रहण प्रक्रिया कठिन रहेको उनीहरूले गुनासो गरेका छन् । त्यसबाहेक अन्तरदेशीय कारोबार पनि नेपाल कठिन रहेको भारतीय लगानीकर्ताहरूको भनाइ छ ।

तर, अहिले यूपीआई र रुपे जस्ता पेमेन्ट प्लेटफर्म नेपालमा उपलब्ध भएकाले नेपाल र भारतबीचको कारोबारमा सहजता हुन सक्ने उनीहरूको अनुमान छ । 

विगतमा भारतले नेपाललाई विद्युत दिनुपर्ने अवस्था रहेको र अहिले भारतलाई विद्युत निर्यात गरिरहेको भन्दै नेपालमा भइसकेको आर्थिक सुधारको प्रशंसा पनि भारतीय लगानीकर्ताहरूले गरेका छन् । 

अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भारतीय उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानी गर्नका लागि आग्रह गरेका छन् । 

नेपाल युवा तागतसहित प्रशस्त ऊर्जा भएको देश भएकाले पनि विदेशी लगानीकर्ताको लागि आकर्षणको केन्द्र बन्नसक्ने गोल्छाले बताए । 

नेपालमा अरूण तेस्रो परियोजनामा लगानी गरिरहेका एक व्यवसायीले उक्त परियोजना सन् २०२५ सम्ममा बनाइसक्नुपर्ने भए पनि कम्पनीले सन् २०२३ भित्रमै सम्पन्न गर्ने अवस्थामा रहेको अन्तरक्रिया कार्यक्रममा बताएका थिए । तोकिएको समयभन्दा दुई वर्ष अघि नै परियोजना सम्पन्न गर्ने अवस्था रहनुले नेपालमा लगानीको वातारण भएको उनको भनाइ थियो । 

salt training

कमेन्ट गर्नुहोस्