०२ असार २०८३, मंगलबार

अभिनेता मदनकृष्ण श्रेष्ठलाई दामी लाग्यो ‘हेल्लो जिन्दगी’

अभिनेता मदनकृष्ण श्रेष्ठलाई दामी लाग्यो ‘हेल्लो जिन्दगी’

शुक्रबारदेखि देशव्यापी प्रदर्शन थालेको फिल्म ‘हेल्लो जिन्दगी’ ले दर्शक तथा चलचित्रकर्मीबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । शुक्रबार ललितपुरको लबिम मलमा ‘हेल्लो जिन्दगी’ हेरेपछि बरिष्ठ अभिनेता मदन कृष्ण श्रेष्ठले आफूलाई फिल्म निकै मन परेको प्रक्रिया दिए । 

‘फिल्म एकदम मज्जा लाग्यो, कतै नअल्झीकन सरर कथा बगेको छ । बिदेशमा बस्नेहरुको समस्या पनि देखाइएको छ,’ उनले भने,‘कतिपय फिल्म राम्रो नलागे पनि राम्रो भन्दिनु पर्ने हुन्छ । तर यो फिल्म वास्तबमै राम्रो छ । कतै ध्यान नदिइ हेरें । सबैलाई हेर्न आग्रह गर्दछु ।’ उनले फिल्मले मनोरञ्जनका साथै मिठो सन्देश पनि प्रवाह गरेको बताए । 

अर्का अभिनेता रविन्द्र झालाई पनि ‘हेल्लो जिन्दगी’ मन परेछ । उनले फिल्ममा सत्य घटनालाई प्रस्तुत गरिएकाले सबैले हेर्नुपर्ने बताए । गायक तथा संगीतकार यमन श्रेष्ठले पनि फिल्म निकै मन परेको बताए । ‘फिल्मले सुरुदेखि नै ‘होल्ड’ गर्छ । फिल्मको हरेक पक्ष राम्रो लाग्यो । सस्पेन्स, ट्विस्टहरु एकदम ठिक ठाउँमा छन् । फिल्मले मनोरञ्जन मात्र नभइ सन्देश पनि दिन्छ ।’ उनले भने । अर्का अभिनेता तथा डा. समीर दीक्षितले पनि ‘हेल्लो जिन्दगी’ को तारिफ गरे । ‘फिल्म बहुत मन पर्यो । एकदम स्ट्याण्डर लाग्यो । सबैलाई मन पर्ने फिल्म बनेको रैछ । सम्पूर्ण टिमलाई शुभकामना ब्यक्त गर्दछु ।’ दर्शकसँगै बसेर फिल्म हेर्दा निकै आन्नद लागेको निर्देशक एभरेष्ट सूर्य बोहराले बताए । ‘जति पनि दर्शकले फिल्म हेर्नु भएको छ, सबैले एक्दम तारिफ गर्नुभएको छ । यही नै हाम्रो सफलता हो ।’

अभिनेता बिक्रम डि जोशीले दर्शक तथा चलचित्रकर्मीले आफ्नो फिल्म मन पराएकोमा खुशी ब्यक्त गरे । एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्ममा बिक्रम डि जोशी,प्रियंका कार्की,दीपिका प्रसाईं,विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत, निर्देशक बोहरा स्वयम्,सबिता गुरुङ,सनमकुमार बैराग,बिभिया श्रेष्ठ,जानकी पन्तमनोज केसी, ध्रुव दत्त,कुमुद पन्तलगायतले अभिनय गरेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्