
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ ।
शनिवार राति भएको खेलमा चेल्सीलाई ब्रेन्टफोर्डले ४-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भएको हो ।
यस जितसँगै ब्रेन्टफोर्ड ३३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
चेल्सी ५९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।