×

NMB BANK
NIC ASIA

साप्ताहिक राशिफल : चैत २० देखि २६ गतेसम्म कुन राशि भएकाहरुको भाग्य कस्तो ?

चैत २०, २०७८

NTC
Premier Steels

मेष

Muktinath Bank

यो हप्ता धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । मातृधनबाट लाभ प्राप्त हुने सम्भावना छ । महत्त्वाकाङ्क्षी योजना फलीभूत हुनसक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वृष


Advertisment
Nabil box
Kumari

यो हप्ता धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला । गरेको यात्रा उपलब्धी मूलक बन्नेछ र काममा उत्साह जाग्नेछ । सन्तानबाट पनि सुख मिल्नेछ ।  स्वास्थमा समस्या आउन सक्ला । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला । पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

Vianet communication

मिथुन

पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । यो हप्ता पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ ।  समाजसेवाका कामबाट लाभ हुनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। भेटघाटले पूर्वार्ध रमाइलो हुनेछ। धन कमाउने अवसर पनि मिल्ने देखिन्छ ।

कर्कट

धनागमको सङ्केत छ । यो हप्ता शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्छ । छर–छिमेकमा असमझदारी बढ्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रन सक्छ ।

सिंह

यो हप्ता गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन । आज भोजन प्राप्तिको योग रहेको छ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग नजिकिन सक्छन् । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान तर आफन्तको सहयोग चाहि नपाइएला ।

कन्या

तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । यो हप्ता कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ।

तुला

विशेष सभा–समारोहमा भाग लिने मौका छ । यो हप्ता मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । नया कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जागर बढ्ने देखिन्छ, आर्थिक लाभ पनि होला । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ ।

वृश्चिक

ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छ, रुपैयापैसाको लेनदेन पनि खासै राम्रो छैन । अरुको मन जित्न सकिने छ,  ।

धनु

यो हप्ता आयआर्जनका नया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ । छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुनेनैछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्नेछ । पति र पत्नीबीच असमझदारी बढ्न सक्छ, आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ । नोकरि तथा राजनितीमा मान सम्मान पाउने योग छ ।

मकर

वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । यो हप्ता नया काम बन्नेछ । परिश्रमको राम्रो मूल्यांकन हुनेछ, वैदेशिक रोजगारीको काममा भने केही समस्या आउनेछ । आर्थिक पक्ष सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । 

कुम्भ

यो हप्ता प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुनेछ ।  व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । काम बन्नाले सुखको अनुभव हुन्छ । पठन–पाठनमा मन जानेछ, घरायसी काममै समय जाने देखिन्छ ।

मीन

यो हप्ता खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिने छन । पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ, साथीभाइसंग भेटघाट पनि होला ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ८, २०७९

मेष नजिकको साथी वा आफन्तले तपाइँलाई धोका दिन सक्छन । आज पैसाको बारेमा कुनै प्रकारको लेनदेन नगर्नुहोस्,  किनभने फिर्ताको ग्यारेन्टी छैन । तपाईंको क्षमता भन्दा बाहिर काम गर्दा तपाईंको स्वास्थ्यलाई पनि असर ...

बैशाख २५, २०७९

मेष तपाई केहि नराम्रो समाचार पाउँदा क्लेश बढ्नेछ ।  भावनात्मक हिसाबले धेरै बलियो महसुस गर्नु पर्नेछ । गाह्रो अवस्थामा साथीलाई मदत गर्दा तपाईले दुखको छुटकारा पाउनुहुनेछ सम्बन्ध पनि बलियो हुनेछ । वृ...

जेठ ३१, २०७८

मेष स्वास्थ्यप्रति लापरवाही नहुनुहोला र व्यर्थको तनाव नगर्नुहोला किनभने यसले तपाईंको कार्य क्षमतामा नकरात्मक प्रभाव पार्नसक्छ । वृष आज तपाईसँग प्रभावकारी र आत्मिक व्यक्तिहरूसँग सम्पर्कहरू छन र धेरै महत्त्वपू...

पुस ५, २०७८

मेष विद्यार्थीहरू कुनै पनि क्यारियर सम्बन्धित समस्याको समाधान प्राप्त गरेर खुसी हुनेछन् । ग्रहको स्थान अनुकूल छ । यसैले नया कामको थालनी गर्दा राम्रो हुनेछ। तपाईंको क्षमता र सम्भाव्यता खुल्लमखुल्ला मानिसहरूमा प्रक...

बैशाख ३०, २०७९

मेष व्यवसायमा आज कुनै पनि नयाँ काममा समय खर्च नगर्नुहोस् । विचार गरेर मात्र धैर्यपूर्वक कार्य गर्नुहोला । आज समयको उचित प्रयोग गर्नुहोला । कर्मचारीहरुको हजुरमा पूर्ण समर्थन हुनेछ । वृष प्रेममा सुखमय हु...

चैत २६, २०७७

मेष आफन्तहरुले प्रेममा समर्थन गरेर सहयोग गर्नेछन् । प्राविधिक क्षेत्रका पेशाकर्मीहरुले राम्रो सफलता हात पार्नेछन् । स्वास-प्रस्वासमा समस्या आउन सक्नेछ । वृष नयाँ सम्बन्ध नजोडेकोनै राम्रो रहला । ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x