
बलिउड अभिनेत्री मलाइका अरोराको का दुर्घटनामा परेको छ ।
उनको गाडी अन्य २ वटा गाडीसँग ठक्कर खाएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
शनिवार तीन वटा गाडी ठोक्किएको थियो । जसमध्ये एक गाडीमा मलाइका पनि थिइन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार, मलाइकालाई सामान्य चोटपटक लागेको छ ।
खोपोली प्रहरी स्टेशनले मलाइकाको उपचार अपोलो अस्पतालमा भइरहेको बताएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
मलाइकाको रेन्ज रोवर गाडी दुर्घटनामा परेको हो ।