
बलिउडकी चर्चित अभिनेत्री आलिया भाट र अभिनेता रणवीर कपूरले लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दैछन् ।
उनीहरूको विवाह अप्रिल महिना भित्र नै हुने बताइएको छ ।
उनीहरूले आफ्नो विवाह मुम्बईमा गर्ने तयारी गरेका छन् ।
बिहेका लागि रणवीर आफैंले वेडिङ भेन्यु तय गरेका हुन् ।
उनीहरूको विवाह आरके हाउसमा हुने बताइएको छ ।
विवाहमा दुवैतर्फबाट करिब ४ सय ५० मानिस सहभागी गराउने उनीहरूले तयारी गरेका छन् ।
उनीहरूले अहिलेसम्म विवाहको मिति भने घोषणा गरेका छैनन् ।
यसै महिनाको अन्तिम साता विवाह गर्ने तयारी भएको बताइएको छ ।