२३ असार २०८३, मंगलबार

टेलिकमको एमडी बन्न व्यावसायिक योजनासहित अन्तर्वार्ता दिनुपर्ने, २ दिनको समय तय

टेलिकमको एमडी बन्न व्यावसायिक योजनासहित अन्तर्वार्ता दिनुपर्ने, २ दिनको समय तय

नेपाल टेलिकमको प्रवन्ध निर्देशक (एमडी) छनोट गर्न व्यावसायिक कार्ययोजनासहित अन्तरवार्ता हुने भएको छ ।

टेलिकम प्रवन्ध निर्देशक खुला प्रतिस्पर्धाबाट छनोट गर्न सरकारले मागेको आवेदनमा ९ जना सर्ट लिस्टमा परेका छन् ।

गत २२ मंसिरमा दर्ता भएका दरखास्तमध्येबाट सर्ट लिस्टमा परेको ९ जनाको अगामी मंगलवार र बुधवार व्यावसायिक कार्ययोजनासहितको प्रस्तुतीकरण र अन्तरवार्ता हुने भएको छ । 

टेलिकमको प्रवन्ध निर्देशक बन्न आवेदन दिएकाहरूमध्ये मंगलवार ६ जना र बुधवार ३ जनाले आआफ्नो प्रस्तुतीकरण दिनुपर्ने भएको छ । 

सञ्चार मन्त्रालयले जारी गरेको एक सूचना अनुसार अर्जुनबाबु ढकाल, अमलेन्दु नारायण सिंह र दीपक बहादुर शाहीको मंगलवार बिहान व्यावसायिक कार्ययोजनाको सहितको प्रस्तुतीकरण र अन्तरवार्ता दिनुपर्ने छ । नगेन्द्रकुमार दास, प्रदीपराज उपाध्याय र बुद्धिप्रसाद आचार्यको सोही दिन साँझ व्यावसायिक कार्यायोजनाको प्रस्तुतीकरणसहितको अन्तरवार्ता हुने छ । 

संगीता पहाडी अर्याल, सुनिल पौडेल र सुरजसिंह थापाको भने बुधवार  बिहान व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणसहितको अन्तरवार्ता हुने छ । 

salt training

कमेन्ट गर्नुहोस्