२९ जेठ २०८३, शुक्रबार

पेट्रोल भर्न सास्ती : साझाको लाइन झण्डै एक किलोमिटर लामो ! [तस्वीरहरू]

पेट्रोल भर्न सास्ती : साझाको लाइन झण्डै एक किलोमिटर लामो ! [तस्वीरहरू]

शुक्रवार र शनिवार पेट्रोलियम पदार्थको ढुवानी रोकिँदा त्यसको असर आइतवार पनि देखिएको छ ।

नेपाल आयल निगम र आन्दोलनरत पेट्रोलियम डिलर्स एसोसियसनबीच शनिवार आपूर्ति सहज बनाउने सहमति भएपनि काठमाडौँ उपत्यकामा आइतवार सहज रूपमा पेट्रोलियम पदार्थ पाइएको छैन ।

ललितपुरको कृष्ण गल्लीमा रहेको साझा पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ भर्नेको लाइन निकै लामो देखिएको छ ।

साझा पम्पको लाइन रोड छिचोल्दै पुल्चोक र लाबिम मल हुँदै ललितपुर महानगरको नःटोलसम्म पुगेको छ । 

कृष्ण गल्लीमा रहेको साझा पेट्रोल पम्पबाट सो लाइन करिब ८ सय मिटर परसम्म रहेको हो ।

पेट्रोलियम पदार्थको सहज ढुवानी हुन नसक्दा उपत्यकासहित देशभर आइतवार पनि पेट्रोलियम पदार्थ लिन सहज नभएको हो । 

तस्वीरहरू

salt training

कमेन्ट गर्नुहोस्