०२ असार २०८३, मंगलबार

इमरान खानको सत्ता लम्ब्याउने धारा ५ मा के छ ?

चैत २०, २०७८
इमरान खानको सत्ता लम्ब्याउने धारा ५ मा के छ ?

पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावलाई संसद्का उपसभामुख कासिम खान सुरीले खारेज गर्नका लागि संविधानको धारा ५ को सहारा लिएका छन् । 

धारा ५ मा देहायको व्यवस्था गरिएको छ 

देशप्रति बफादारी राख्नु प्रत्येक नागरिकको कर्तव्य हो । 

संविधानको प्रावधान हरेक नागरिकले मान्नुपर्छ, चाहे त्यो व्यक्ति केही समयका लागि मात्र पाकिस्तानमा रहेको भए पनि । 

पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले धारा ५ अन्तगएत प्रत्येक पाकिस्तानी नागरिकले देशप्रति बफादारिता देखाउनुपर्छ भने । इमरान खानको सरकार हटाउन विदेशी षड्यन्त्र भएकाले त्यसलाई परास्त गर्नु सबै पाकिस्तानी नागरिकको कर्तव्य हुने चौधरीको दाबी छ ।

उपसभामुख सुरीले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव कानूनी रूपमा आउनुपर्ने थियो भनी जिकिर गरे । जनताले छानेको सरकार हटाउन वा त्यसका विरुद्ध षड्यन्त्र गर्न कसैलाई अधिकार नभएको उनले बताए । सञ्चारमन्त्रीको कुरा सही छ भन्दै उनले अविश्वास प्रस्तावलाई खारेज गरेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्